पत्रकारिता क्षेत्रमा अगाडि बढ्न सबै पत्रकार सक्षम भएर आउनु पर्छ : बालकृष्ण बस्नेत
पत्रकारिता क्षेत्रमा अगाडि बढ्न सबै पत्रकारले सक्षम भएर आउनु पर्ने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।
सञ्चारिका समूहले आयोजना गरेको ‘पत्रकार महिलाको सुरक्षा’ विषयक कार्यक्रममा बोल्दै बस्नेतले पत्रकार महिला सक्षम हुँदाहुँदै पनि महिला भएकै कारण हिंसा खेप्नु पर्ने र राम्रो अवसर नपाउनु समस्या भएको बताए ।
उनले भने, ‘हामीले समस्याको समाधान गर्न पर्छ । प्रेस काउन्सिलमा पर्ने उजुरीमा पनि बढि महिला भएकै कारण बढि आक्रमणमा पर्ने गरेका छन् । नक्कली फेसबुकबाट र युट्युबबाट गर्ने हिंसामा कारबाही गरेको बताए ।’
त्यसै गरि कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले कोरोनाबाट जागीर छुट्नेमा पनि पत्रकार महिला रहेको बताइन् ।
उनले भनिन्, ‘महिलालाई धेरै असर गरेको छ । हामीले यसको सम्बोधन गर्छौं ।’ कार्यक्रममा पत्रकार महिलाले आफ्ना भोगाइ राखेका थिए । यिनै भोगाइलाई सम्बोधन गर्दै पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकार महासंघमा उजुरी नै कम पर्ने बताए ।
‘यहीँ भन्ने कुरा पनि हामीले समाधान गर्न सक्ने हुन्छन् तर आइपुग्दैन’, पोखरेलले भने, ‘ कति कुरा नभनेका कारण समस्या बनेका छन् । हामी गोपनियता कायम गरेर समाधानको प्रयास गर्छौं ।’
कार्यक्रममा पत्रकार दिपा दाहालले आफ्ना भोगाई राखेकि थिइन् । उनले आफुले राम्रो काम गर्दा गर्दै पनि महिला भएकै कारण धेरै कुरा भोग्न परेको बताइन् । भनिन्, ‘जब काममा महिलाबाटै थ्रेट फिल गर्छ्न् अनि समाचार कक्षमै खुम्च्याउने प्रयास गरिन्छ ।’
त्यसैगरि कार्यक्रममा पत्रकार रामकला खड्काले समाचार कक्षमा प्रयोग गरिने भाषा, सवारीसाधन लगायतका समस्या पत्रकार महिलालाई बढि हुने बताइन् ।
कार्यक्रममा सुधा देव, मेनुका बस्नेत, चाँदनी आचार्य, कविता श्रेष्ठ, बसन्ता भट्ट लगायतले पत्रकार महिलाको समस्या र सुरक्षामा आफ्ना अनुभव भनेका थिए ।
पत्रकार महिलाको समस्या सुनिदै आएको र अब समाधानमा काम गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको सञ्चारिका समूहका महासचिव वसन्ती बास्तोलाले बताइन् । उनले भनिन् ‘अब समस्या सुनेर समाधान गर्ने उपाए खोज्नेछौं।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




