सबै मतदान स्थलबाट आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने
काठमाडौं । सबै मतदान स्थलबाट बुधबार र बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने निर्वाचन आयोगले जानकरी दिएको छ ।
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिन लागिएको आयोगले जनाएको हो ।
मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले जनाएको छ ।
त्यस्तै, आयोगले मतदाता शिक्षा पनि दिने भएको छ । मत बदर नहोस भन्दै मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम गर्न लागिएको आयोगले जनाएको छ ।
यसअघि, आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षण समेत दिएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




