भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै
काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता कायम राखेकी हुन् ।
दुई हजार ९६८ मत गणना गर्दा उनले ९८ मतले अग्रता कायम राखेकी छन् ।दाहालले एक हजार १०५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का विजय सुवेदीले एक हजार सात मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गरेका हुन् ।
यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाएकी छन् ।
यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गरे ।
गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




