बुधबार, माघ २३, २०८१
English
Follow us:

मतपरिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले अत्तालिएको: कांग्रेस प्रवक्ता

मतपरिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले अत्तालिएको: कांग्रेस प्रवक्ता

  • खबर सेवा

  • सोमवार, जेष्ठ २, २०७९

  • 9
    SHARES

काठमाडाैं ।नेपाली कांग्रेस प्रवक्ता प्रकाश शरण महतले नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको गरेको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको बताएका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज विज्ञप्तिमा भनिएको जारी गदै सो कुरा उल्येख गरेका हु्न् । साथै उनले मतपरिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले अत्तालिएको बताएको छन् ।

निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलकोपक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति रुझानले नेकपा एमाले अत्तालिएको हामीले पाएका छौँ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज निकालेको विज्ञप्तिमा सो कुरा उल्येख छ ।।

निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि एमालेले निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्ध रुपमा धाँधली गरेको भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको कांग्रेसले बताएको छ।

मतपरिणामलाई कांग्रेसले स्वभाविक मानिरहेको पनि उनले बताएका छन्। विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ, यसलाई हामीले स्वभाविक मानेका छौं,’ उनले भनेका छन्।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology