बुद्ध पूर्णिको दिनमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु : प्रधानमन्त्री मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा रहेका छन् । उनी लुक्बिनी भ्रमणका लागि सोमबार बिहान नेपाल आएका हुन् ।
मोदीले बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको बताएका छन् ।आज उनले मायादेवी मन्दिरको तस्बिरसहित नेपालीमा ट्वीट गर्दै धन्य महसुस गरेको बताएका हुन् । साथै मोदीले भगवान बुद्धले सबैको कल्याण गरुन् भनी कामना समेत गरेका छन् ।
मोदीले ट्वीट गर्दै लेखेका छन्, ‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु । भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन् ।’
मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मायादेवी मन्दिर भ्रमण गरेको तस्बिर समेत सार्वजनिक गरेका छन् । उनले मायादेवी मन्दिरमा देउवासहित पर्यटनमन्त्री प्रेमबहादुर आले र देउवापत्नी आरजु देउवासँग खिचेको तस्बिर समेत सार्वजनिक गरेका छन् ।
I feel blessed to have prayed at the Maya Devi Temple on Buddha Purnima. May Lord Buddha bless us all and make our planet peaceful and prosperous. pic.twitter.com/hLJhZlHNL1
— Narendra Modi (@narendramodi) May 16, 2022
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




