बुधबार, माघ २३, २०८१
English
Follow us:

बुद्ध र बुद्धभूमि चिनाउन पोर्चुगलमा वृहत् शोभायात्रा

बुद्ध र बुद्धभूमि चिनाउन पोर्चुगलमा वृहत् शोभायात्रा

  • खबर सेवा

  • सोमवार, जेष्ठ २, २०७९

  • 10
    SHARES

काठमाडौं ।  विश्व शन्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा आज वृहत् शोभायात्राको आयोजना गरिएको छ ।

लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको संयोजन तथा यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाको सक्रियतामा मङ्गलबार वृहत् शोभायात्राको आयोजना गरिएको छ ।

राजधानी लिस्बनमा हुने वृहत् शोभायात्रा, बुद्धको पूजाअर्चना तथा प्रसाद वितरणलगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारमा प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउन लागिएको महावाणिज्यदूत हमालले बताए ।

उनका अनुसार मङ्गलबार मध्याह्न १२ बजे बुद्धको पूजाअर्चनाको कार्यक्रम तय गरिएको छ भने दिउँसो ३ : ३० बजे लिस्बनको मुख्य पर्यटकीय केन्द्र रोसियोस्थित प्रासा दि कमर्सियोबाट वृहत् शोभायात्रा सुरु गरिने छ ।

बुद्धका तस्बिर, बुद्ध उपदेश लिखित प्लेकार्ड तथा ब्यानर, नेपालको राष्ट्रिय झण्डा, बुद्धका सन्देश, सांस्कृतिक वेषभूषासहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने कार्यक्रम रहेको महावाणिज्यदूत हमालले बताए ।

शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहने बताइएको छ । शोभायात्रामा सहभागी हुन महावाणिज्यदूत हमालले पोर्चुगलबासी नेपालीहरुलाई विशेष आग्रह गरे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology