प्रमुख खवर

झापामा हात्ती आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । भारतबाट प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गर्दा आज झापाको मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने थप एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकका अनुसार आज अपराह्न ३ः४५ बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्रमण गरेर सख्त घाइते बनाएको थियो ।

उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी सोही वडाकी ३८ वर्षीया वसन्ती दनुवार आज अपराह्न १ बजेतिर स्थानीय थोप्ले बिरान सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीको आक्रमणमा घाइते भएका हुन् ।

पेट र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल लगिएको छ ।शनिबार राति झापाको उत्तरी सीमावर्ती क्षेत्र बाहुनडाँगीमा भारतबाट १५ वटा जङ्गली हात्ती छावासहित पसेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिनुभयो ।

तिनै हात्ती छरिएर झापाको विभिन्न सामुदायिक वनतिर पसेको अनुमान गरिएको छ ।गए राति मेचीनगर-१३ स्थित निचाझोडा जङ्गलबाट दुहागढीको मानव बस्तीमा तीनवटा हात्ती पसेको निवर्तमान वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालय झापाको टोलीले हात्ती गाउँ पसेको बाहुनडाँगी क्षेत्रमा साइरनसहित गस्ती गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...