अपेक्षाकृत नतिजा ल्याउन नसकेपछि विवेकशीलद्वारा दुःख व्यक्त
काठमाडौं । विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ को अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा अत्यन्तै दुःख व्यक्त गरेको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको नजिता आउने क्रम जारी रहेपनि आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा दुःख व्यक्त गरिएको छ ।
गत पाँच वर्षमा स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेको देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भएपनि जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी सङ्गठन बनाउन नसक्दा निर्वाचनमा सोचेअनुसार नतिजा आउन नसकेको जनाएको छ ।
पार्टीमा टुटफुटलगायत वैचारिक ध्रुव्रीकरण भएको र आशा गरिएको पार्टीभित्र उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखिएको जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




