नेपाल-भारतबीचको सम्बन्ध हिमालझैँ अटल : मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमाल झैँ अटल रहेको बताएका छन् । आज लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले दुवै देशले विज्ञान, प्रविधि र पूर्वाधार विकासका खातिर काँधमा काँध मिलाएर काम गर्ने प्रशस्त अवसर रहेका उल्लेख गरे।
भारत र नेपालबीचको समान रीतिरिवाज, परम्परा, संस्कृति र सामाजिक संरचनाले दुवै देशका जनतालाई एकापसमा जोडेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपलासँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू कृतसङ्कल्प रहेको बताए ।
सम्बोधनका क्रममा उनले भने, ‘बुद्धका पवित्र पाइला परेका तथा उनको जीवन र शिक्षाका स्थलहरुको बाटो नै बौद्ध परिपथ हो । विश्व सम्पदास्थलका रुपमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदामा राखेका भारतका गया, नालन्दा, वैशाली, पूर्वी चम्पारण, भागलपुर तथा नेपालका ऐतिहासिक बौद्धस्थल, बौद्धनाथ, स्वयम्भूनाथ, कपन गुम्बा, पोखरा र लुम्बिनी बौद्ध परिपथबाट जोडिनेछन् ।’
बौद्ध सम्प्रदायबीच अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा विश्व शान्तिमा योगदान गर्ने बौद्ध परिपथको परिकल्पना गरिएको सन्दर्भमा त्यसलाई विकास गर्ने चाहना प्रधानमन्त्री मोदीले व्यक्त गरेका हुन् । प्रधानमन्त्री मोदीले नेपाल र भारतको मैत्री विश्वमै अतुलनीय रहेको चर्चा गर्दै दुवै देशका जनताले एकअर्कालाई असीम शब्दका साथ व्यवहार गर्ने गरेका बताए ।
उनले नेपाल आउँदा र विशेषगरी पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीमा आफूलाई छुट्टै आध्यात्मिक अनुभूति हुने गरेको बताए । उनले पटकपटक भगवान् बद्धको पवित्र जन्मस्थल नेपालको प्रशंसा गर्दै सगरमाथाको देश संसारका अनेकौँ मठमन्दिर र पवित्र स्थलले सधैँ पावन रहेको उल्लेख गरे ।
नेपालको आर्थिक एवं व्यापारिक विकासमा टेवा पुर्याउन भैरहवामा एकीकृत जाँच चौकी निर्माण गरिने घोषणा गर्नाका साथै बौद्ध परिपथको विकास दुवै देशको साझा परियोजना हुने जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




