संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदै

काठमाडाै / संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। ढिला गरि अधिवेशन आह्वान भएकाले यस पटक बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम निलम्बन गरेर अघि बढाउने तयारी गरिएको छ ।
चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिला गरी सुरू हुन लागेको हो ।आज अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक सुरु हुनेछ।अधिवेशन प्रारम्भसँगै सरकारका तर्फबाट बजेटको सिद्धान्त र प्राथमिकता पहिलो बैठकमै पेस गर्ने तयारी छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशनको तयारी पूरा भइसकेको बताए । उनकाअनुसार सदनको सिट व्यवस्थापन यसअघिकै जस्तो कोभिडको प्रोटोकल अनुसार नै हुनेछ ।
अधिवेशनको पहिलो बैठकमा अध्यादेश पेस हुनेछ। अधिवेशन सिफारिसकै दिन सरकारले दुई अध्यादेश जारी गरेको थियो । औषधि ९तेस्रो संशोधन० अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन अध्यादेश जारी भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २५ गते अध्यादेश जारी गरेकी थिइन् । यस्तै मङ्गलबारको बैठकमा अध्यक्ष मण्डलको घोषणा पनि हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
-
२.
गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस
-
३.
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
खोटाङमा हेलिकप्टर दुर्घटना
सम्बन्धित समाचार
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...




