नेता भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउन चुनौती : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीले देखाएको मार्ग निर्देशलाई अघि बढाउने चुनौती पार्टीलाई रहेको बताएका छन् ।
आज यहाँ २९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा उपाध्यक्ष पोखरेलले नेताद्वय भण्डारी र आश्रितले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्दै राष्ट्रिय अभियान पूरा गर्ने जिम्मा पार्टीको रहेको बताए ।
फरक प्रसङ्गमा उनले भने, “केही दिनअघि सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको छ । ”
आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने विचार उपाध्यक्ष पोखरेलले राखे । कार्यक्रममा पार्टीका महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राखे ।
महासचिव पोखरेलले प्राविधिकरुपमा केही स्थानीय तहमा पराजय भोग्नुपरे पनि समग्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनमतको हिसाबले एमाले लोकप्रिय रहेको बताए ।
स्मृति दिवसमा नेताहरु सुवासचन्द्र नेम्वाङ, अष्ठलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौड्याललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




