भरतपुर महानगर : रेनुको अग्रता, एमालेका सुवेदी ३ सय २३ मतले पछाडि
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । रेनुले यो समाचार तयार पार्दासम्म सात हजार तीन सय ५१ मत प्राप्त गरि अग्रता कायम राखेकी छन् ।
भरतपुरमा अहिलेसम्म २१ हजार पाँच सय ९२ मतगणना हुँदा दाहाल तीन सय २३ मतले अघि छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले सात हजार २८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार पाँच सय ६२ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार २ सय ४८ मतसहित अग्रता लिइरहेका छन् । उनलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार आठ सय तीन मतसहित पछ्याइरहेकी छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




