प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल
संसद् बैठक यतिबेला जारी रहेको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल भइरहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले हिजोको बैठकमा आगामी आवका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गरेका थिए ।
आव २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बिहीबार राष्ट्रियसभामा छलफल गर्ने कार्यतालिका छ ।
छलफलमा भाग लिँदै नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताए ।
व्यापार घाटा न्यूनीकरण गर्दै पूँजीगत खर्च वृद्धि गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उनले मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो अवस्था आउन नदिन वैकल्पिक उपायको खोजी गरिनुपर्ने बताए ।
“पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने विषय विधेयकका सिद्धान्त र प्राथमिकतामा देखिएन”, उनले भने, “गैरआर्थिक कारोबार बढेको छ, यसले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको छ ।”
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




