स्थानीय तह

बुटवलमा सिल तोडिएको मतपेटिका भेटिएपछि मतगणना रोकियो

काठमाडौं । बुटवलमा सिल तोडिएको मतपेटिका भेटिएपछि बुटवल उपमहानगरपालिको मतगणना रोकिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बक्सा पहिले खोलिएको र सिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको हो ।

१६ हजार मतदाता रहेको यो वडामा साढे १० हजार मत खसेको छ । सबैको चासो र ध्यान केन्द्रित रहेको बुटवल -११ को मतगणना अहिले रोकिएको छ ।

च बुथको दोस्रो बक्साको ४१३५३८ को बक्सा लक तोडिएको अवस्थामा भेटिएको र बक्सा सिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमालेको सो वडाका अध्यक्ष दिननाथ भट्टराईले बताए ।

मतपेटिका खोल्ने क्रममा सिल चुँडिएको भेटिएपछि मतगणना रोकिएको र सिल चुँडिएको भए पनि सिल मतपेटिकाको कपडामा भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

वडा नम्बर ११ को मतगणना रोकिए पनि अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की

अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की

काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

म्याग्दी। यहाँस्थित प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २०...

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी। पर्वत, म्याग्दी र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न...

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११...