![काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित ११ हजार बढी मतले पछाडि](https://khabarsewa.com/wp-content/uploads/2022/05/Balen-Sirjana-Keshav.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहको अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गरेका छन् ।
शाह एमालेका उम्मेदवार केशव स्थापितभन्दा ११ हजार तीन सय २९ मतले अगाडि छन् । स्थापितले हालसम्म १२ हजार नौ सय ९५ मत प्राप्त गरेका छन् । कांग्रेसकी उम्मेदवारसिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम राखेकी छन् । डंगोलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गरेकी छन् भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार ६ सय ७४ मत पाएका छन् ।