अछामको साँफेबगरमा पुनः मतदान जारी
काठमाडौं । अछामको साँफेबगर नगरपालिका-१३ को राष्ट्रिय मावि, बाबलामा आज पुनः मतदान भइरहेको छ । मतदानका क्रममा हालसम्म शान्तिपूर्ण वातावरण कायम रहेको जनाइएको छ ।
गत वैशाख ३० गतेको मतदानमा हुलदङ्गा र विवादका कारण त्यहाँ पुनः मतदानको मिति तय गरिएको हो ।वैशाख ३० गते देशभरका स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सञ्चालन भएकामा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई स्थगित हुन पुगेका अधिकांश केन्द्रमा मतदान सम्पन्न भइसकेको छ ।
स्थगन भएका ८५ केन्द्रमध्ये उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे आयोगबाट निर्णय हुन बाँकी छ ।
बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न निर्वाचन आयोगले आयुक्त सगुनशम्शेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।
ताजा अपडेट
-
१.
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
-
२.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
३.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
४.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
५.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




