प्रमुख खवर

शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन

काठमाडौं शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको छ ।

केन्द्रले शुक्रबार सूचना जारी गर्दै विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोसाक परिवर्तन गरेको जनाएको छ ।

शिक्षक महासङ्घको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताएका छन् ।

केन्द्रले तोकिए अनुसारको पोसाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई अनुरोध गरेको छ ।

परिवर्तन गरिएको पोसाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी स्वेटर र कालो जुत्ता राखिएको छ ।

साडी ब्लाउज कुर्था सुरुवालमा भने परिवर्तन नगरेको केन्द्रले जनाएको छ । पोसाकको नमुना शिक्षक महासङ्घबाट प्राप्त गर्न सकिने छ ।

 

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...