काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित १३ हजार ५६९ मतले पछाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । हालसम्म महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ ।
वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणनाको पछिल्लो विवरण अनुसार २८,८८२ मत पाएर अग्रता कायमै राखेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले हालसम्म १५ हजार ३ सय १३ मत पाएका छन्। उनी शाहभन्दा १३ हजार ५७० मतले पछि छन्।
तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४७९८ मत पाएकी छन्। उनी दोस्रो स्थानका स्थापित भन्दा ५१४ मतले पछि हुँदा शीर्ष स्थानमा रहेका शाहभन्दा १४ हजार ८४ मतले पछि छन्।
काठमाडौं महानगरपालिकाको १,२, ३, ४, ५ वडामा नेकपा एमालेका वडाध्यक्षले जित हात पारेका छन्। यस्तै वडानम्बर ३२ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित हुँदा मेयर पदमा एमालेका उम्मेदवारले दोस्रो बढी मत पाए।
यस्तै २८ र ३० वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जित्दा पनि यी वडाबाट मेयरमा कांग्रेस उम्मेदवारले अन्य उम्मेदवारको तुलनामा थोरै मात्र मत पाए।
ताजा अपडेट
-
१.
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
-
२.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
३.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
४.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
५.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
ट्रेन्डिङ
सम्बन्धित समाचार
अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै
म्याग्दी। यहाँस्थित प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २०...
जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन
म्याग्दी। पर्वत, म्याग्दी र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न...
पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११...




