प्रमुख खवर

‘ब्युटी पेजेन्ट’ बलात्कार प्रकरण : बलात्कारीविरूद्धका आवाज (फोटो फिचर)

काठमाडौं । बलात्कारीलाई सजायको माग गर्दै माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन् । आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका आयोजकले आफूमाथि बलात्कार गरेको भनि सामाजिक सञ्जालमार्फत् घटना सार्वजनिक भएपछि अहिले दोषीलाई कारबाहीको माग गर्दै देशभरबाट प्रदर्शन हुन थालेको छ ।

घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरि अनुसन्धान सुरु गरिसकेको छ । तर बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानुनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ ।

नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैङ्गिक असमानता हटाउन ल्याइएको ऐनले बलात्कार उजुरीको हदम्यादलाई ३५ दिनबाट बढाएर ६ महिना बनाइएको थियो ।

त्यस्तै, २०७५ मा कानुन संशोधन गरेर हदम्याद एक वर्ष बनाइएको छ । तर पछिल्लो पटक सार्वजनिक भएका यस्ता घटनाले एक वर्षे हदम्याद पनि अपर्याप्त रहेको भन्दै हदम्याद बढाउन सरकार र सदनमाथि दबाब बढ्न थालेको छ ।

 

सम्बन्धित समाचार

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...