‘ब्युटी पेजेन्ट’ बलात्कार प्रकरण : ‘दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध’
काठमाडौं । एक युवतीले आफूमाथि सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सार्वजनिक गरेपछि गृहमन्त्रालयले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आठ वर्ष अघि ‘ब्युटी पेजेन्ट’ अर्थात् सौन्दर्य प्रतियोगिताका आयोजकले आयोजकले आफूमाथि बलात्कार गरेको भनि युवतीले सामाजिक सञ्जालमार्फत् घटना सार्वजनिक गरेपछि घटनाबारे सरकारले छानबिनसमेत शुरू भइसकेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा समिति गठन गरी छानबिन शुरु गरिसकेको जानकारी दिएका छन्।
महिलामाथि हुने हिंसाका घटनामा दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको र अहिले सार्वजनिक भएको घटना पनि छानबिन शुरू भइसकेको विज्ञप्तिमा उल्लेख छ । गृहमन्त्रालयले समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न सबैसँग अनुरोध पनि गरेको छ ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




