धारिलो हतियार प्रहारबाट सिरहामा बाबु-छोराको हत्या
काठमाडौं । सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको हिजो (शनिबार) राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
प्रहरीका अुसार मृतकको बाबु-छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो ।
विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु-छोराको हत्या भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बुवा एक्लै सुतेको र सन्त कुमारसँग गाउँकै १०र१२ वर्षको बालकसँग सुतेका थिए ।
हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए ।
घटनास्थललाई प्रहरीले सिल गरेको छ भने थप अनुसन्धान गर्न कुकुर समेत प्रयोग भइरहेको डिएसपीले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




