पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलन गर्ने अनेरास्ववियु क्रान्तिकारीको चेतावनी
सरकारसँग पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले चेतावनी दिएको छ ।
नेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मूल्य समायोजनको नाउमा मूल्यवृद्धि मात्र गर्नु अस्वीकार्य रहेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
नेपाल आयल निगमले आइतबार १२ बजे राती देखि लागू हुनेगरी पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको छ । त्यस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ ।
निगमले हवाई इन्धन (आन्तरिकमा) मा पनि प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेर नयाँ खुद्रा बिक्री मूल्य १६६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाएर प्रति सिलिण्डर १८ सय रूपैयाँ पुर्याएको छ ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




