प्रमुख खवर

पुरा होलान् त अव्यवस्थित काठमाडौं सुधारमा बालेनका योजना !

काठमाडौं, काठमाडौं महानगरपालिकाको स्थानीय तह निर्वाचन २०७९को पछिल्लो समयको मतगणनालाई विश्लेषण गर्दा ३२ बर्षका युवा उम्मेदवारले ठुला दलका उम्मेदवारहरुलाई निकै फराकिलो मतान्तरमा जित्ने अनुमान गर्न सकिन्छ ।

चुनावि परिणाम हेर्दा लाग्छ काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले  ठुला दलभन्दा धेरै मत अन्तरले जित हात पर्ने देखिन्छ ।

यसले हाम्रो देशको राजनीतिदेखि जन्ता कतिसम्म निरास रहेछन् भन्ने प्रस्ट हुन्छ ।यसरि नै जाने हो भने अब आँउदो संसदीय चुनावमा  र प्रदेशको चुनाबमा यस्ता धेरै बालेन आउने पक्का जस्तो नै देखिएको छ । हाम्रा ठुला दलहरुका  धेरै उोदवारहरूको पत्ता साफ हुने देखिन्छ ।

यो किसिमको परिणमलाई  हेर्दा जनता  बिकल्पको खोजिमा रहेछन् भन्ने प्रस्ट देखिन्छन । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाएका छन् ।

वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने  मतदाताको रोजाइ बालेन साह बन्न  पुगेका छन् ।

उनको मुख्य अनुकूलता यही देखिन्छ ।तर, आफूले भोट दिँदै आएको पुराना दलहरुप्रति ‘लोयल’ मतदाता बाक्लो रहेको नेपाली समाजमा स्वतन्त्र उठेर विजय हासिल  कठिन हुने ठानेका थिए । तर अहिले जनताले परिर्वन चाहेको प्रष्ट देखिएको छ ।  काठमाडौमा लगभग लगभग बालेन मेयर हुने पक्का जस्तो नै देखिन्छ । यसले गर्दा पुरानो पुस्ता सँग जनता अघाँई सकेको जस्तो देखिन्छ  ।

गीतमार्फत विभिन्न विषयहरुमा हामीले आवाज उठाउँदै आयौं । त्यही क्रममा बोल्ने मात्र होइन अब आफैंले पनि केही गर्ने पनि हुनुपर्छ भनेर मेयर  उठेका उनि आज जित उनको  सुनिश्चत जस्तो भएको छ ।  उनि भन्छन्  पाँच वर्षअगाडि नै सोच्न त सोचेको थिएँ । तर, त्यतिबेला पाँच वर्ष यसका लागि अभ्यास गरौं भन्ने भयो । गृहकार्य गर्न थालेको पाँच वर्ष भयो । यसपाली सहि समय हो भन्ने लगेर चुनामा होमिएको हो।  त्यहि अनुसार जनताले मलाई विश्वास गरे भोट दिनुभएको छ ।

वालेनले सोचेको काठमान्डौ माहनगरपालिका

आफूले काठमाडौं महानगरको नेतृत्व गर्न पाए डिग्रीले भन्दा सिपले रोजगारी पाउने उनको भनाई छ ।  ‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ । थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु,’ उनी भन्छन्, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ ।

उनि भन्छन्  सरकारले फोहोर व्यवस्थापनमा २ किसिमको ट्रक घरमा ल्याइदिनुपर्‍यो । एउटा कुहिने र नकुहिने । अर्गानिक फोहोरलाई मलको रुपमा विकास गरेर छेउका मलको उत्पादन कमी भएको ठाउँमा बेच्ने सकिन्छ । प्लास्टिकजन्य फोहोरहरुलाई बाटो पिच गर्न प्रयोग गर्न सकिन्छ । संसारमा फोहोर भन्ने कुरै हुँदैन । त्यो फोहोर कुनै कुराको लागि कच्चा पदार्थ हुन सक्छ । त्यसलाई अन्य पदार्थमा रुपान्तरण गर्ने त हो । त्यसलाई डम्पिङ भन्दा पनि कुनै पदार्थ रुपान्तरण गरेर लान सकिन्छ । त्यो एकदमै सजिलो उपाय हो । त्यसमा ३ देखि ४ अर्ब खर्च लाग्छ ।

स्वतन्त्र उम्मेदवार बालेनले चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अगाडि सारेका छन्। साथै, उनले व्यक्तिगत घटना दर्ता र घरघरमै पुगेर वृद्धभत्ता वितरण गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

सबै वडास्तरमा अनलाइन भुक्तानी प्रणाली शुरु गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिताका लागि डिजिटल माध्यम प्रयोग गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरीको व्यवस्था मिलाउने उनको घोषणा पत्रमा उल्लेख छ।

युवालाई उनीहरूको व्यक्तिगत करिअर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करिअर परामर्श र कोचिङ कक्षामा सहभागी गराउने उनले बताएका छन्। कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद र पौराणिक शिक्षा दिइने पनि उनको प्रतिबद्धता छ।

काठमाडौ उपत्यका सधै खोलिरहने सहर हुनुपर्छ भन्ने उनको मान्यता छ ।  उनि भन्छन् ‘हामीले विस्तारै काठमाडौं उपत्यकालाई नै २४ घन्टा खोल्नुपर्छ भनेका छौं । रेष्टुरेन्टहरूसँगै सरकारी कार्यालय पनि बेलुकीसम्म खुल्छन् । अनि सेवाग्राही राति आउँछन् र विद्युतीय बस चढेर जान्छन् । यसबाट जाम पनि घट्छ ।’

पूरानै सोच भएका व्यक्तिहरुलाई नयाँ प्रविधि आयो भने के होला भन्ने डर छ । सबै पेमेन्ट अनलाइन भयो भने भ्रष्टाचार रोकिन्छ नि त्यो भ्रष्टाचार रोकिन्छ भनेर पनि डराइरहेका हुन्छन् ।

न्यूजिल्यान्ड र अष्ट्रेलियामा मालपोत सेयर मार्केटजस्तै अनलाइन हुन्छ । एउटा क्लिकमा कित्ता किनबेच गर्न सकिन्छ । नेपालमा सबैभन्दा भष्ट्राचार हुने ठाउँ नै मालपोत हो ।

उनले सोचेको काठमाडौ बनाउनको लागी धेरै गह्रो हुन पनि सक्छ । किनकी केहि नयाँ कुराको सुरुवात गर्नको लागि केहि समय अवश्यनै लाग्ने छ । जितको लागि उनले गरेको अध्ययन  र अनुसन्धानले गर्दा उनि सफलनै हुने देखिन्छन् । तर सबैको साथ र सहयोग लिएर उनि अगाडी बढ्नु पर्ने  रहेको छ ।

उनिबाट धेरैको आसा र भरोसा  पनि जनताहरुले गरेका छन् ।त्यसैले गर्दा पनि उनिमा अझ बढी चुनौती पनि रहेको छ । राजनितिक दलहरुलाई  युवा पुस्तालाई वेवास्था नगर भन्दै युवाले चाँयो भने जे पनि गर्न सक्छ भनेर  काम गरेरे देखाउनु पर्ने अवश्यक रहेको छ बालेनलाई ।

काठमाडौंको सडक  पनि बालेन प्राथमिकतामा परेको  छ । सडक सुधारेर काठमाडौं सुधार्ने उनको योजनामा सहयोगी हुनेछन् विद्युतीय सवारी साधन ।

उनको घोषणा पत्र समान्य छ । साना साना कुरालाई समेटका छन् । यहि साना कुरालाई कार्यन्वयन गर्न सके भने पनि बालेन सफल मेयर सावित हुने छन् ।

त्यस्तै शिक्षाको क्षेत्रमा बालेनको यस्तो योजना रहेके छ ।काठमाडौंमा लगभग ९१ वटा सरकारी विद्यालय छन् जुन महानगरले संचालन गर्दै आएको छ । तर कतिपय ठाउँमा नजिक९नजिकै ३/४ विद्यालय छन् । कतै विद्यार्थी थोरै होलान्, कतै शिक्षक । त्यस्ता विद्यालयलाई मर्ज गरेर शिक्षकहरुलाई अपग्रेड गर्न शिक्षण प्रणाली राम्रो भएको जापानजस्तो देशमा तालिम दिन पठाएर कसरी विद्यार्थीलाई व्यवस्थित र नयाँ तरिकाले पढाउन सकिन्छ त भन्नेतिर हाम्रो ध्यान छ । अब विद्यार्थीलाई एकदमै पेलाएर, पढ्न मात्रै लगाएर उनीहरुको विकास हुँदैन ।

विद्यार्थीलाई कम समय पढाएर गुणात्मक शिक्षा दिने, उनीहरुको अतिरिक्त क्रियाकलापमा ध्यान दिन लगाउने गर्नुपर्छ । अहिले धेरै आत्महत्याका मुद्दा बढिरहेका छन् । किन तरु उनीहरुले हार्न नजानेर हो नि ! त्यसैले विद्यार्थीहरुलाई खेलकुदमा संलग्न गराएर उनीहरुको शारीरिक, मानसिक विकासमा टेवा पुर्‍याउन सकिन्छ ।

संगीत सिकाउन सकिन्छ । कुनै पनि विद्यार्थीलाई संगीत सिकाउँदा कुलतमा फस्ने संभावना कम हुन्छ भन्ने भनाइ नै छन् नि ! यस्ता कुराहरुलाई विकास गर्दै जाने हो । अर्को त नीजि विद्यालयमा अभिभावकले तिरिरहेको शुल्कबारे अडिट लिन लगाउने अथवा विद्यालयले पनि विभिन्न शिर्षकमा उठाइरहेको शुल्कबारे निगरानी गर्ने निकाय हुनुपर्छ ।

हामीले अर्को त शिक्षा र स्वास्थ्य व्यापार गर्ने थलो होइन भनेर पनि बुझाउनुपर्छ । अभिभावकहरुले त्यही महंगो शुल्कलाई अन्य व्यापारमा पनि लगाउन सक्ने भए जसले रोजगारी पनि सिर्जना बढ्ने भयो । हामी कन्सल्ट्यान्टहरुको आइडिया बैंक अवधारणा पनि बनाउँदैछौं । हाम्रो मौलिक सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन तालिम दिएर उहाँहरुलाई सजिलै महिनाको १ लाखदेखि २ लाख कमाउने वातावरण सिर्जना गर्न सकिन्छ । कपाल काट्ने नाइहरुले भारतमा २ देखि ३ प्रतिशत रेमिट्यान्स लैजानुहुन्छ । हामीले देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्‍यौं भने त्यही रेमिट्यान्सलाई बाहिर जानबाट रोक्न सक्छौं नि ।

पछिल्लो समय राजनिति दलहरुलाई निकै भारी परेको अवस्था छ । दलहरुले  युवाहरुलाई बेवास्था गरेकोले गर्दा र सहि नेतृत्व छनोट गर्न नसक्दा  पनि हार्नु परेको छ ।

युवा पुस्ता मात्र होइन याँहा अरु पुस्ताले पनि परिर्वतन चाएका छन् । सोही कारणले परिर्वतनको लागी नयाँ नेतृत्व चाएका छन् ।

नेपालमा युवा उमेरका मतदाता ७० प्रतिशत छन् ।   यवालाई वेवास्था गर्दाको परिणाम आज राजनितिक पाटीले चुकाउदै छन् । अझै पनि रााजनितिक दलहरुले आफुलाई सच्चाउन सकेनन् भने ठुलो क्षतिको समाना गर्नु पर्ने दखिन्छ । यस्ता वालेन जस्ता हजारौ वालेन जन्मन सक्छन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...