होटल संघ नेपाल गण्डकीको अध्यक्षमा हरिप्रसाद शर्मा गैह्रे

पोखरा । होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेश स्थिति विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् । उनी लेकसाइड स्थित होटल पोखरा भिलेजका संचालक पनि हुन् ।
प्रदेशको प्रथम बोर्ड बैठक नाम दिइएको भेलालले भरतराज पराजुलीलाई प्रथम उपाध्यक्षको जिम्मेवारी दिएको छ । पराजुली हानका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार पनि हुन् । यसैगरी प्रदेश कमिटीको द्वितीय उपाध्यक्षमा तनहुँका पुराना होटल व्यवसायी राजकुमार श्रेष्ठलाई चयन गरिएको छ । गोर्खाका व्यवसायी मनप्रसाद धितालले सचिवको जिम्मेवारी पाएका छन् भने पर्वतका होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन् ।
यसैगरी समितिको सदस्यमा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, बाग्लुङका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, म्याग्दीकी अध्यक्ष सिर्जना भट्टचन, तनहुँका अध्यक्ष जीवन शाही, नवलपुरका अध्यक्ष डीवी चौधरी र लम्जुङका अध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् । स्याङजा, मुस्ताङ र मनाङबाट पनि समितिमा छिटै प्रतिनिधित्व गराइने नवनिर्वाचित अध्यक्ष गैह्रेले जानकारी दिए ।
सो अवसरमा बोल्दै सबै पदाधिकारी र सदस्यहरुले व्यवसायिक एकतामा जोड दिएका थिए । होटल क्षेत्रले उद्योग सरहको मान्यता पाउनुपर्ने, पर्यटकको संख्या भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने, प्रबद्र्धनको कामलाई अगाडि बढाउनुपर्ने लगायतका भनाई पनि उनीहरुले राखेका थिए । नवनिर्वाचित अध्यक्ष गैह्रेले सबै जिल्लाका सबै होटल संघ र सम्बन्धित व्यवसायीलाई समेटेर उनिहरुको सल्लाह र सुझाव अनुसार नै प्रदेश कमिटी अगाडि बढ्ने भनाई राखे । हानका केन्द्रिय सदस्य विप्लव पौडेलले प्रदेश कमिटी गठन गर्न केन्द्रबाट पाएको जिम्मेवारी आफूले पूरा गरेको भन्दै नयाँ कमिटीलाई बधाई ज्ञापन गरेका थिए ।
ताजा अपडेट
-
१.
क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की
-
२.
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ
-
३.
विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु
-
४.
मध्यपूर्व युद्धले अर्थपूर्ण मानिएको ट्रम्पको चीन भ्रमण अन्योलमा
-
५.
हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...




