प्रमुख खवर

कास्कीकोटमा माटो परिक्षण तथा बाली उपचार शिविर

पोखरा । हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा पोखरा महानगरपालिका कृषि महाशाखा तथा वडा नं। २४ को कार्यालयको सहकार्यमा माटो परिक्षण तथा बाली उपचार शिविर सम्पन्न भएको छ । कास्कीकोटका विभिन्न भेग समेटिने गरि जम्मा ७२ बटा नमूना माटो संकलन भएकोमा ल्याव परिक्षणवाट आजै नतिजा निकालिएको हो ।

नतिजा अनुसार अधिकांशमा अम्लियपना बढी देखिएको हँुदा हरेक नमूनाको पीएचको स्केल अनुसार रिपोर्ट तयार पारी उपचारका लागि कृषि चुनको मात्रा समेत उल्लेख गरि सम्बन्धित कृषकलाई उपलब्ध गराइएको थियो । त्यसै गरि सिजन अनुसारको मकैमा लागेको फौजी किरा अर्थात गवारो, गोलभेडामा लागेको डडुवा, काँक्रोको फल कुहिने, सेतो धुले ढुसी तथा डाउनी मिल्ड्यु, औंसा, सिमीबोडीमा लाही लाग्ने, खुर्सानीका पातहरुको खाद्यतत्वको कमी लगायतका समस्याहरुको समाधानका लागि जैविक विशादी तथा फेरोमन ट्रयापहरु निःशुल्क रुपमा वितरण गरिएको थियो ।

बाली उपचारका लागि प्राप्त ४० वटा नमूनाले कास्कीकोटमा रहेका अन्य कृषकका समान प्रकृतिका वालीहरुको प्रतिनिधित्व गर्ने राय बालीरोग विशेषज्ञ धनवहादुर रानाले दिए । कार्यक्रमका लागि माटो तथा मल परीक्षण प्रयोगशाला, गण्डकी प्रदेशले सहयोग गरेको थियो । कृषि महाशाखा प्रमुख मनोज कडरियाले विभिन्न समस्या लिएर आएका कृषकहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।

माटो परिक्षण गरेपछि अनिवार्य उपचार गरे मात्रै कार्यक्रमको सार्थकता रहने उल्लेख गर्दै महाशाखा प्रमुख कडरियाले कृषि चुना खरिदका लागि कृषकहरुलाई आंशिक अनुदान समेत उपलब्ध गराउन सकिने जानकारी दिए । सञ्जालका कार्य समिति सदस्य विक्रम अधिकारी संयोजक रहेको उक्त शिविरमा कृषि प्राविधिक पुनम कुँवरको समेत उपस्थिति थियो ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...