प्रमुख खवर

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

काठमाडौं । निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै गत वर्ष चैत २५ गतेदेखि लागू भएको आचारसंहिता जेठ १० गतेदेखि लागू नहुने जनाएको हो ।

निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न नसकियोस भन्नका लागि आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।

आगामी पाँच वर्षका लागि वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचनबाट देशभरका ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम यतिबेला जारी छ । अब केही स्थानीय तहको मात्र निर्वाचन परिणाम आउन बाँकी छ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...