जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात
काठमाडौं । ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ ।
भेरी नदीको बीच-बीचमा बेलीब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन भएको हो ।दुई ठाउँमा बेलीब्रिज बनेपछि मालबाहक तथा सवारीसाधन त्रिपुराकोटसम्म पुगेका हुन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । महिना दिनदेखि सवारीसाधन कतै नरोकिएर त्रिपुराकोट पुगेपछि सर्वसाधारण हर्षित भएका हुन् ।
करपगाड र खदाङमा बेलीब्रिज बनेपछि यो सम्भव भएको हो । ठूलीभेरी नदीमाथि बेलीब्रिज बनेपछि गाडी त्रिपुराकोटसम्म सहजै पुग्न थालेका त्रिपुराकोटकी मनमाया न्यौपानेले बताए ।
यसपटक जाजरकोट र रुकुमपश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलीब्रिज बनाइएको छ । यही बेलीब्रिजका कारण सवारीसाधन तथा मालबाहक साधन सोझै त्रिपुराकोटसम्म पुग्न सकेका छन् ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा पनि वर्षामा बढ्ने खोलाका कारण सवारी रोकिन सक्छन् । हिउँदमा सुक्ने यी खोलाका कारण वर्षामा सवारीसाधन रोकिन्छन् ।
उपमखोला र रिजिगाडमा पुल बन्नुपर्नेछ । डोल्पाको खदाङपछि आउने चुङ्गाड र छलगाडमा पनि पुल निर्माण भएपछि सवारीसाधन वर्षामा पनि चल्न सक्छन् ।
त्रिपुराकोटमा पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रुपगाडमा पनि अर्को पुल बन्नुपर्ने छ ।
यहाँ पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । यो पुल निर्माणपश्चात डोल्पा सदरमुकाम दुनै सजिलो हुने छ । बीचबीचमा पुल बन्ने र बनाउने काम भइरहेको छ ।
ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




