गहुँपछि भारतले लगायो चिनीको निर्यातमा पनि रोक
काठमाडौं । छिमेकी मुलक भारत सरकारले चिनी निर्यातमा रोक लगाएको छ ।
त्यहाँको सरकारले जुन महिनादेखि अक्टोबरसम्मका लागि चिनीको निर्यातलाई सिमित गर्ने घोषणा गरेको हो । घरेलु मूल्यवृद्धि कम गर्न निर्यातमा रोक लगाएको त्यहाँको सरकारले जनाएको छ ।
रिपोर्टका अनुसार सरकारले सबै व्यापारीहरुलाई जुन १ देखि अक्टोबर ३१ काबीच चिनीको विदेशी कारोबारसम्बन्धी अनुमति सुनिश्चित गराउन भनिसकेको छ ।
घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई नियन्त्रित गराउन यस्तो कदम उठाउन लागिएको इकोनोमिक टाइम्सले जनाएको छ ।
यसमा पूर्ण प्रतिबन्ध नभएर चिनीको निर्यात् सीमित गराउने जनाइएको छ । भारतले केही दिनअघि मात्रै गहुँ निर्यातमा रोक लगाएको थियो ।
रुष र युक्रेनको युद्धको प्रभावले विश्वमा खाद्य संकट आउन सक्ने सयुक्त राष्ट्रसंघले बताउँदै आएको छ ।
ताजा अपडेट
-
१.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
२.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
३.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
४.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
५.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




