नेकपा एसले भन्यो- १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नू
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
पार्टीका महासचिव डा बेदुराम भुसालले आज जारी गरेको विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आ(आफ्नो सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न भनिएको छ ।
पार्टीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिएको विज्ञप्तिमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सुझाइएको छ ।
विज्ञप्तिमा ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता र कर्तव्यनिष्ठापूर्वक मुलुक र जनताको हितमा कार्यसम्पादन गर्न र निजी स्वार्थबाट टाढा रहन निर्देशन दिइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




