प्रमुख खवर

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : नवनिर्वाचित प्रमुख बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएको छ ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताएका हुन् ।

“आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उनले भने ।

बिहान ९ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उनी आफ्नो समर्थकसँग विजय ¥यालीसहित सहर परिक्रमा गरिरहेका छन् ।

सभागृहबाट सुरु भएको ¥याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुनेहुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...