प्रमुख खवर

आइतबार विद्यालय सञ्चालन गर्न नेशनल प्याब्सनको निर्देशन

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (नेशनल प्याब्सन)ले आइतबार विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

नेसनल प्याप्सनले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना मातहतका प्रदेश समिति, जिल्ला समिति, पालिका समिति लगायत सम्पूर्ण सदस्य विद्यायलहरुलाई आइतबार बिद्यालय खोल्न निर्देशन दिएको हो ।

विज्ञप्तीमा भनिएको छ , ‘नेसनल प्याप्सन , केन्द्रीय समितिको उक्त घोषित आइतबारे विदाप्रति कुनै पनि प्रकारको सहमति नरहेको व्यहोरा जनाकरी गराउँदैआफ्ना मातहतका प्रदेश समिति जिल्ला समिति, पालिका समिति लगायत सम्पूर्ण सदस्य विद्यायलहरुलाई पूर्ववत झै सञ्चालन हुनेछन् ।’

त्यस्तै एसोसियसनले आर्थिक वर्ष २०७९/८०को बजेटमा निजी विद्यालयहरु सम्बद्ध ७ बुदे माग सम्बोधनको लागि अर्थमन्त्री तथा अर्थ सचिवलाई सुझाव बुझाएको जानकारी गराएको छ ।

निजी लगानीका विद्यालयहरुको सम्बद्र्धन तथा प्रवद्र्धनका लागि आवश्यक हुने क्षेत्रको विकास, ऋणकर्जा सौलियतको व्यवस्था, कर छुट, निजीविद्यालयको भौतिक विकासको लागि निजी शैक्षिक प्रतिष्ठान अनुदान आयोग स्थापना, निजी विद्यालयको स्वामित्वमा खरिद गरिने खरीद गरीने सवारीमा करछुटको व्यवस्था, नयाँ विद्यालय दर्ताको लागि सहज बातावरण मिलाउने व्यवस्था, निजी विद्यालयमा भएको विभेदकारी नीति खारेजको व्यस्था लगायत माग राखिएको नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले बताए ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...