प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण
काठमाडौं /आमसञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धिका लागि सरकारले सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रेस चौतारी नेपालले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आफ्नै संस्थापक नेताको नाममा गलत तथ्यहरु प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउनु आफैमा निन्दनीय विषय जनाईएको छ ।सञ्चारकर्मीको क्षमता विकासका लागि प्रतिष्ठान गठन गर्ने निर्णय स्वागतयोग्य हो ।
आफ्नै पार्टीको संस्थापक नेतालाई गलत तथ्य प्रस्तुत गरेर जबरजस्त रुपमा स्थापित गराउन खोज्ने कार्य कुनै पनि मानेमा सैह्य हुन सक्दैन ।नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य महासंघकै दस्तावेजबाट प्रमाणित भइसकेको अवस्थामा सरकारले गलत तथ्यको आधारमा कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघ तत्कालीन संघ संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न खोज्नु र प्रतिष्ठानलाई राजनीतिकरणगर्नु आफैमा ठूलो बेइमानी भएको बताईएको छ । कसैको इतिहास र योगदानलाई नामेट पार्ने र आफ्नो पार्टीको संस्थापक नेतालाई आमसञ्चार प्रतिष्ठानको अगाडि फुर्को जोडने कामप्रति प्रेस चौतारी नेपाल गम्भीर आपत्ति प्रकट गरेको छ ।
विज्ञप्तिमा बर्तमान गठबन्धन सरकारले बिगतको सवै स्थापित तथ्यलाई नजर अन्दाज गर्दै जबरजस्त रुपमा आफ्ना संस्थापक नेताको नाम जोडेर प्रतिष्ठान सञ्चालन गर्न खोज्नुमा राजनीतिक कुनियत रहेको जनाएका छन ।
यसअघि पनि तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पालामा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको अगाडि आफ्ना संस्थापक नेताको नाम जोडेर कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान राख्न खोजिएपछि प्रेस चौतारी नेपाल लगायत सञ्चारसँग सम्बन्धित सवै संघ–संस्थारुले आपत्ति जनाएका थिए ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




