लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले १५औँ गणतन्त्र दिवस मनाउने भएको छ । दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राष्ट्रिय पर्वका रुपमा जेठ १५ गतेको गणतन्त्र दिवस मनाइने बताए ।
नेपाली जनताको दशकौँ लामो संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको जनाउँदै उनले गणतन्त्र दिवसलाई भव्य र सानदार बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
नेपालमा गणतन्त्र स्थापनामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले दिवसलाई भव्य बनाउन सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे ।
मन्त्रालयका सचिव तथा गणतन्त्र दिवस सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव कोमलप्रसाद धमलाले बुटवलसँग जोडिएका पालिकासँग समन्वय गरी दिवस मनाउने तयारी गरिएको बताए ।
दिवसका अवसरमा शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा शनिबार खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
बुटवलको चौराहदेखि शङ्करनगरसम्म पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको सचिव धमलाले जानकारी दिए ।
सोही दिन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको संयोजनमा प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम गरिने छ ।
दिवसको अवसरमा सबै संघसंस्थाका कार्यालय र आमनागरिकलाई घरघरमा दीपावली गर्न आग्रह गरिने छ ।गणतन्त्र दिवसका दिन बुटवलको सिद्धेश्वरी लालकुमारी माविमा गणतन्त्र दिवस मूल समारोह आयोजना गरिने छ ।
समारोह सुरु हुनपूर्व बुटवलको चौराहदेखि कार्यक्रमस्थलसम्म प्रभातफेरी हुनेछ । समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाका प्रमुख तथा उपप्रमुख, सदस्य, मन्त्रालयका कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुखलगायतको उपस्थिति रहने छ ।
दिवसको भोलिपल्ट १६ गते कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मत्रालय र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको संयोजनमा प्रदेशमा वृक्षरोपण गर्ने कार्यक्रम राखिएको सचिव दाहालले बताए ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...




