भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष पूरा गरिने
काठमाडौं । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको बजेटमा आर्थिक वर्ष २०७९र८० को अन्त्यसम्ममा सम्पदा पुनःनिर्माण सकिने लक्ष्य राखिएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये करिब ६०० सम्पदा पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ ।
पुनःनिर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि गत वर्ष नै सम्पन्न भए पनि सम्पदा पुनःनिर्माण भने अझै जारी छ ।
सम्पदा पुनःनिर्माण अन्य भवन निर्माणजस्तो छिटो गर्न नसकिने भएकाले समय लागेको पुरातत्वविद्को भनाइ छ ।ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदास्थललाई उत्खननका कामलाई प्राथमिकताका साथ निरन्तर जारी राखिने बजेट वक्तव्यमा उल्लेख छ ।
संस्कृति र सभ्यतालाई प्रवद्र्धन गरी धार्मिक पर्यटकको आगमन बढाउने लक्ष्य पनि सरकारले राखेको छ । धार्मिक पर्यटनसमेत प्रवद्र्धन गरी आगामी आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




