प्रमुख खवर

धुलिखेलमा लायन्सको स्कुलिङ कार्यक्रम

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको क्याबिनेट अफिसर स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । लायन्सका डिष्ट्रिक्ट लिडरहरुको सहभागितामा पर्यटकीय नगरी काभ्रेको धुलिखेलमा कार्यक्रम भएको हो ।

३ दिनसम्म चलेको कार्यक्रममा डिष्ट्रिक्टका १ सय ५१ जना लायन्स लिडरहरुको सहभागिता रहेको इलेक्ट गभर्नर महेन्द्र पौडेलले जानकारी दिए ।

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर तथा पास्ट डिष्ट्रिक्ट गभर्नर एवं लायन्स म्यागेजिनका चिफ इडिटर धनराज आचार्यको प्रमुख आतिथ्यतामा तथा पिएमसिसी गिरधारी शर्मा भुषालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको क्याबिनेट सेक्रेटरी ९मनोनीत० रत्न पराजुलीले जानकारी दिए ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ बि १ का गभर्नर विश्वेश्वर आचार्य, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ४सि३का क्यालिफोर्निया अमेरिकाका डिस्ट्रिक्ट गभर्नर जेम्स भर्गिस, पिडिजी राजेन थापा लगायतको उपस्थिति थियो ।

उक्त अवसरमा इलेक्ट डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले लायन वर्ष २०२२/२३ का लागि आफूले अगाडि सारेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

‘डिष्ट्रिक्टका सम्पूर्ण लायन साथीहरुको प्रत्यक्ष सहभागिता, साथ र सहयोगबाट आफ्नो कार्य सफल हुनेमा म विश्वस्त छु,’ उनले पौडेलले भने ।

कार्यक्रममा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर भीमलाल पौड्याल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल लगायतले बोलेका थिए ।

कार्यक्रममा डा। सन्देश दास श्रेष्ठ, प्रोफेसर डा. जयराज शर्मा बन्जारा, रामसिंह ऐरे, लायन्स आइ डि इन्डोर्सी बालकृष्ण बुर्लाकोटी, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन राजन लम्साल, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन गिरधारी शर्मा लगायतले कार्यक्रममा सहभागीलाई तालिम दिएका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...