नेपाल डेरी एसोसिएसनद्वारा दुग्ध दिवसको पूर्वसन्ध्यामा दूधपान तथा वक्तृत्वकला कार्यक्रम
काठमाडौं । नेपाल डेरी एसोसिएसन (एनडीए) ले दुग्ध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय दुग्ध विकास वोर्डको सहयोग, नेपाल डेरी एसोसिएशनको आयोजना एवं सरोकारवाला निकायहरुको संलग्नतामा ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ वक्तृत्वकला प्रतियोगिता र दूधपान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मनाल्सु वर्ड कलेज, प्राक्सिस इन्टरनेशनल एकाडेमी चुच्चेपाटि चावहिल काठमाडौं र चाँगुनारायण, भक्तपुरमा गरिएको छ ।
नेपाल डेरी एसोसिएसन वाग्मती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरेको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमूख आतिथि राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी अतिथिहरुमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, माहासचिव एवं कार्यक्रम संयोजक प्रल्हाद दाहाल, एन प्याव्सनका उपाध्यक्ष प्रबोध प्रभाकर रिजाललगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरु र विद्यार्थीहरुको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी करिब ५ सय जनालाई खिर र दूधपान गराइएको थियो । कार्यक्रमबारे प्रष्ट पार्दै नेपाल डेरी एसोसिएशनका अध्यक्ष सापकोटाले एसोसिएशनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए ।
त्यस्तै, एसोसिएसनका उपाध्यक्ष राजनप्रसाद दाहालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै दूध तथा दुग्ध पदार्थ सेवन गर्दाको महत्व एवं एसोसिएशनको इतिहासको बारेमा स्पष्ट पारे ।

कार्यक्रममा निर्णायकद्वय माधव भुषाल र नारायणप्रसाद गौतमले निष्पक्षरुपमा बालबालिकाहरुको वक्तृत्वकलामा निर्णायकको भूमिकामा रहेका थिए ।
वक्तृत्वकला प्रतियोगितामा २४ वटा स्कूल सहभागी भएका थिए । सहभागी विद्यार्थीहरु मध्ये युनिभर्सल उच्च माध्यामिक विद्यालयकी छात्रा प्रेरणा बोहरा प्रथम, आस्था विद्या मन्दिर विद्यालयकी छात्रा अस्मिता राई दोस्रो, गोल्डेन गार्डेन एकेडेमीकी छात्रा प्रतिभा दनुवार तेस्रो स्थान हासिल गरेका छन् भने बाल विकास बोर्डिङ स्कुलका छात्र विरध्वज रेडी सान्त्वना भएको दाहाले जानकरी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




