प्रमुख खवर

जीविकोपाजर्नको मुख्य स्रोत यार्सा संकलन गर्न भीड

काठमाडौं । यार्सा संकलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा संकलनलाई लिइने गरिन्छ ।

यार्सा संकलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ ।

गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिए ।

यार्सागुम्बा सङ्लनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासी, हिमा गाउँपालिकालगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ गएका छन् ।

आर्थिक स्रोत जुटाउन यार्सा टिप्न पाटनतिर लागेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताए ।

१८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । खेतीपातीबाट घरखर्च लगाउन पनि गह्रो हुने भएकोले स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोतनै जडीबुटी हो ।

घरखर्चदेखि बालबच्चाको पढाइखर्च सबै यार्सा संकलनबाट हुने गरेको स्थानीयवासीले जनाएका छन् ।पाटनमा यार्सा संकलन निकै कठिन हुने गरेको छ ।

संघीय सरकार, प्रदेशसरकारदेखी स्थानीय सरकारले गाउँमै आत्मनिर्भरका कार्यक्रम ल्याउन नसक्दा यो समस्या खडा भएको तिला गाउँपालिका स्थानीयवासी काली नेपालीले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...