सिमरा विमानस्थलबाट जेठ २४ गतेदेखि दैनिक उडान कटौती हुने
काठमाडौं । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।
विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए ।
नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए ।वर्षौदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो ।
दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ ।
नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम
वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका-१४ मा पिपरास्थित जीर्ण अवस्थामा रहेको नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम अघि बढाउने तयारी गरेको छ ।
नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पिपरामठमा पुगेर त्यहाँको अवस्था अवलोकन गरेपछि पुनःनिर्माण अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पुरातात्विक सम्पदाका रूपमा रहेको पिपरामठ वीरगञ्जको ऐतिहासिक र धार्मिकस्थल भएको उल्लेख गर्दै उनले यसलाई पुरानै शैलीमा पुनःनिर्माण गरेर व्यवस्थित बनाइने बताए ।
पुरातात्विक सम्पदाका रूपमा रहेको पिपरामठ, मर्मत र संरक्षण नगरिँदा जीर्ण बन्दै गएको छ । पिपरामठ गुठी संस्थानअन्तर्गत रहे पनि वीरगञ्जको सम्पत्ति भएकाले यसको संरक्षण र संवद्र्धन महानगरपालिकाले गर्ने नगरप्रमुख सिंहले बताए ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
३.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
४.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
५.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
-
६.
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




