प्रमुख खवर

अवैध उत्खनन रोक्न खटिए जनप्रतिनिधि

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गतका नदी तथा खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न जनप्रतिनिधि खटिएका छन् । गाउँपालिकाले बिहीबारदेखि स्थलगतरूपमा अनुगमन सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

टोलीले राप्ती सोनारी गाउँपालिका–४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्दी गरेर राखिएका नदीजन्य पदार्थको नापजाँच गरेको छ ।

गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर नदीजन्य पदार्थको नियमन सुरु गरिएको पौडेलले बताए । क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियम, कानुनअनुसारका आवश्यक कागजात माग गर्ने र त्यहाँ रहेका नदीजन्य सामग्रीको मात्रा जाँच गरी सो को खरिद वा सङ्कलनका स्रोतको यकिन गर्ने गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार अनुगमनका क्रममा अधिकांश क्रसर उद्योग नियमविपरीत चलेको पाइएको छ ।

कतिपय उद्योगलाई आफ्ना कागजातसहित सात दिनभित्र गाउँपालिकामा सम्पर्क गर्न र तोकिएको राजस्व बुझाउन निर्देशन दिइएको छ ।

राप्तीसोनारी गाउँपालिकाले खैरीखोला, मुगुवाखोला, टिकुलीपुरघाट, सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवाखोला, झिझरीखोलालाई निषेधित क्षेत्र कायम गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा यहाँका नदी तथा खोलामा ठेक्का लगाउन नसक्दा अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गरी चोरी निकासी हुँदै आएको छ । राप्ती नदीको नदीजन्य पदार्थको अवैध उत्खनन रोकेर गाउँपालिकाले आगामी आव २०७९/८० देखि नदी तथा खोलामा ठेक्का लगाउने तयारी गरेको डाँगीले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...