झापाका १५ पालिकालाई रु सात अर्बभन्दा बढी अनुदान
काठमाडौं । संघीय सरकारमार्फत झापाका १५ पालिकालाई रु सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ ।
संघीय सरकारको आर्थिक वर्ष २०७९/८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु चार अर्ब ९६ करोड चार लाख र सात गाउँपालिकालाई दुई रु अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो ।
समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भौगोलिक र जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी रु ८३ करोड ५८ लाख बजेट विनियोजन भएकोे छ ।
नगरपालिकामा सबैभन्दा थोरै अर्थात् रु ३५ करोड ७६ लाख कनकाई नगरपालिकामा विनियोजित भएको छ ।यसैगरी अर्जुनधारा नगरपालिकाको रु ४९ करोड ४२ लाख, गौरादहलाई रु ५० करोड ९७ लाख, दमकलाई रु ७१ करोड ५१ लाख, बिर्तामोडका लागि रु ७० करोड ७९ लाख, भद्रपुरका लागि रु ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाका लागि रु ५७ करोड १४ लाख विनियोजन भएको छ ।
सात गाउँपालिकामध्ये सबैभन्दा बढी रकम कमल गाउँपालिकालाई परेको छ । कमललाई रु ४७ करोड, २४ लाख विनियोजन भएको छ । कचनकवलका लागि रु ३८ करोड ३६ लाख, कमलका लागि रु ४७ करोड २४ लाख, गौरीगञ्जका लागि रु ३२ करोड ६९ लाख, झापाका लागि रु ३७ करोड छ लाख, बाह्रदशीका लागि रु ३७ करोड ३३ लाख र बुद्धशान्ती गाउँपालिकाका लागि रु ३९ करोड १५ लाख रकम बजेट विनियोजन भएको छ ।
ताजा अपडेट
-
१.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
२.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
३.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
४.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
५.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




