बालेन र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले जानकारी दिए ।
यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवं विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आएका छन् ।
शाह पछिल्लो समयमा फोहोर व्यवस्थापनका लागि परिरहेका छन् तर समस्याको समाधान भने हुन सकेको छैनन् । अहिले काठमाडौंका चोकचोकमा फोहोरको डंगुर थुप्रिएर र्दुगन्ध फैलिरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




