प्रमुख खवर

कार्यालय विस्तारका लागि सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन सक्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा संरचना निर्माण र व्यवस्थित गर्नका लागि प्रदेश कमिटीहरूलाई १ महिनाभित्र रकम उठाइसक्न भनिएको ति नेताले बताए ।

त्यस्तै विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को विवाद मिलाउने जिम्मा दिइएको ति नेताले जानकारी दिए ।

महासचिवलगायत पदाधिकारी चयनको विषयमा माओवादीको विद्यार्थी संगठन क्रान्तिकारीमा विवाद छ । दाहालले दुवै पक्षलाई बोलाएर विवाद समाधान गर्ने बस्नेतको भनाइ थियो ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...