प्रमुख खवर

वातावरण संरक्षणमा सबै पक्ष दत्तचित्त बन्नु पर्ने : मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले वातावरण संरक्षणमा मुलुकका सबै पक्ष दत्तचित्त बन्नु पर्ने बताएका छन् ।

विश्व वातावरण दिवस तथा डिनको ४२ औ वार्षिकोत्सबको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई सबैले आत्मसात गर्नुपर्ने समेत बताए ।

वातावरण संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्दै आएको र आगामी दिन अझै प्राथमिकताका साथ योजनाबद्द रूपमा अघि बढाउने प्रतिवद्धता समेत जनाए ।

वातावरण संरक्षण जस्तो गम्भीर पक्ष सरकारको प्रयासले मात्रै सम्भव नरहने चर्चा गर्दै मन्त्री चौधरीले हरेक नागरिकलाई आफ्नो – आफ्नो तहबाट वातावरण संरक्षणमा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल ,नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ , राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वातावरण प्रदूषणले विश्वमा पारेको प्रभाव र वातावरण संरक्षण सम्बन्धी विविध कार्यपत्र प्रस्तुत गरिएको थियो ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...