अझै हटेन गाम्रीण क्षेत्रमा जातीय छुवाछूत
काठमाडौं । पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ ।
नेपालको संविधान-२०७२ ले ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ । जातीयताकै कारण आफूहरुले मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितले दुःखेसो पोखेका छन् ।
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ तालपोखराको शिवमन्दिर पुनःनिर्माण गरिएको छ । प्रत्येक शनिबार र आइतबार पूजाआराधना गरिने मन्दिरमा शिवरात्रिलगायतका पर्वमा विशेष पूजा हुँदै आएको छ ।
विगतका वर्षहरूमा मन्दिरमा दूध, हलुवा तथा प्रसाद चढाए पनि दलित जातिको भनी फिर्ता गरिदिँदा यहाँका दलित जातीय भेदभाव तथा छुवाछूत भोग्न परेकामा गुनासो गर्दछन् । मन्दिरमा भेटी चढ्ने, टीका र प्रसाद टाढाबाटै दिने गरेको स्थानीयवासी सीता विकले बताए ।
मन्दिर निर्माणमा दलित र गैरदलितले बराबर रकम संकलन गरी निर्माण थालिएको थियो । मन्दिर तथा अन्य सार्वजनिकस्थलमा दलितमाथि छोइछिटो तथा भेदभाव नहटेको स्थानीय मनकला सुनारले बताए ।
दलित समुदायले आफूहरूले चढाएको फूल, प्रसाद मन्दिरका पुजारीले फिर्ता गरिदिएको आरोप लगाएका छन् । मन्दिरमा दलित र गैरदलितलाई समान व्यवहारका लागि दलित अगुवाहरूले निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ ।
दलितले ल्याएका फूलप्रसाद, दूध मन्दिरमा चढाएका छौँ, आफूले मन्दिरमा भेदभाव नगरेको र दलितले ल्याएका प्रसाद चढाएको सोही मन्दिरका पूजारी छविलाल पन्थीले जानकारी दिए ।
जिल्लामा जातीय छुवाछूत तथा भेदभावका घटना अझै अन्त्य भएको छैन । दलित तथा गैरदलितलाई जागरुक बनाउँदै छुवाछूत तथा भेदभाव गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयवासी सुनिल नेपालीको माग छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




