प्रमुख खवर

सरोकारवाला भन्छन् : सरकारले आयकरलाई आर्थिक विद्येयक मार्फत बढाउन मिल्दैन

काठमाडौं ।सरकारले प्रस्तुत गरेको २०७९ /०८० को बजेटमा सहकारी क्षेत्रमा आयकरको दायरा बढाएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाजको आयोजना बिहीबार सम्पन्न भएको ‘बजेटमा सहकारी : कार्यन्वयन चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले सरकारले आयकरलाई आर्थिक विद्येयक मार्फत बढाउन नहुने बताएका हुन् ।

सोहि कार्यक्रमा वोल्दै सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले विभागले सहकारीको आयकर बढाउन सरकारलाई सिफारिस नगरेको उनले बताए । विभागले सहकारी मन्त्रालय मार्फत अर्थमन्त्रालयमा सुझाब समेत पठाएको उनले जानकारी दिए ।

सरकारले आयकर बढाएकोमा आफु खुसी नरहेको बताएका छन् ।उनले उत्पादन मुलक क्षेत्रमा सहकारीले काम गर्नुुपर्ने बताएका छन् । साथै उनले बजेटलाई कार्यन्वयन गर्नको लागि सहकारी विभाग र सहकारीसँग सम्वन्धित संघसंस्था र सहकारीहरुबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकारले सहकारीको क्षेत्रमा आयकर बढाएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । साथै उनले सरकारले ल्याएको बजेटलाई कार्यन्वयन गर्न निकै चुनौती समेत रहेको बताएका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गु्रागाँईले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले सहकारीको अहिलेको अवस्था ,सहकारीलाई सरकारले लगाएको आयकर, सहकारीको लागि छुट्इएको बजेटलाई कार्यन्वयन गर्नको लागि आईपर्ने चुनौती र बजेटमा भएका सकारात्मक कामको विषयलाई समेटेका थिए ।

कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेती, कृषी केन्द्रीय संघका महाप्रवन्धक रुद्र भट्टराई लगायतले सहकारी क्षेत्रका चुनौतीका बारेमा बोलेका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...