प्रमुख खवर

साकोस शिखर गोष्ठीको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ल. (नेफ्स्कून)को आयोजनामा हुने ‘चौथो साकोस शिखर गोष्ठ-२०७९’ तयारी अन्तिम चरणमा पुगेको छ । संघले यही जेठ २९ र ३० गते गोष्ठी गर्दैछ । ‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ मूल भाव र संकल्पसहित गोष्ठी आयोजना गरिएको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए ।

होटल सोल्टीमा हुने उक्त कार्यक्रमको उद्घाटन गृहमन्त्री बालकृष्ण गर्नेछन् । गोष्ठीमा ६ सय जना भन्दा बढीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बचत अभियानमा अति आवश्यक विषय डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्लूजनलाई जोडेर प्रविधिमा नविनतम आयाममा कसरी जान सकिन्छ, भन्ने विषयमा गोष्ठी केन्द्रित हुने बताएको छ ।

‘नवप्रवर्द्धन र वहस पैरवीका नयाँ क्षेत्रहरुमा पनि संघका क्रियाकलापलाई केन्द्रित गर्न कार्यपत्र तयारीका लागि समन्वय गरिरहेका छौं,’ पौडेलले भने, सिंगो बचत ऋण अभियानलाई संस्थागत, सुदृढीकरण, सबलीकरण र स्तरोन्नतीका साथै अगाडि बढाउन र नयाँ सम्भावनाका ढोकाहरु खोल्न साकोस शिखर गोष्ठी सफल रहने विश्वास लिएका छौं ।’

गोष्ठीमा ८ वटा ब्रेकआउट र २ वटा प्लेनरी सेसन हुनेछन् । एउटा सेसन नेफ्स्कुनको हुनेछ । श्रीलंका, बंगालादेश र भारतलगायत देशबाट प्रतिनिधिहरु गोष्ठीमा सहभागी हुनेछन् । ‘प्रविधि हस्तान्तरणका विषयमा निर्णायकरुपमा गोष्ठीमा विस्तृत छलफल हुनेछ,’ उनले भने ।

साकोस अभियानमा भएका उपलब्धिहरूको आदानप्रदान गर्न साझा मञ्चको विकास गर्न गोष्ठी सफल हुने नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता चन्द्रप्रसाद ढकालले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...