धेरै विद्यार्थीको सुन्दर भविष्यको गोरेटो कोर्न सफल प्राक्सिस एकेडेमी
काठमाडौं । विद्यार्थीलाई २१औं शताब्दीको व्यवहारिक, प्रयोगात्मक तथा सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको शैक्षिक संस्था हो, चावहिलको चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमी । योग्य, शिक्षामा समर्पित र गतिशील तथा अनुभवी व्यक्तिहरुको समूहद्वारा सञ्चालनमा ल्याइएको यो विद्यालयले धेरै विद्यार्थीको सुन्दर भविष्यको गोरेटो कोर्न सफल भएको छ ।
जीवनमा आइपर्ने विभिन्न चुनौतीको सामना गर्दै भविष्यलाई सफल तथा समृद्ध बनाउने ज्ञान तथा सीप प्राप्त गर्ने उत्कृष्ट गन्तव्य बन्न सफल छ, प्राक्सिस एकेडेमी । केही कुरा सिक्नु जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो, यही उद्देश्य पूरा गर्न एकेडेमीले विद्यार्थीका अन्तर्निहीत क्षमता तथा प्रतिभाको पहिचान गरि आत्मनिर्भरता अनुशासन र सर्मपणको विकास गरिरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी एकेडेमीले उत्पादन गरिरहेको छ । अनुभवी तथा दक्ष शिक्षकहरुद्वारा अध्यापन गरिने यस विद्यालयमा भौतिक संरचना पनि स्तरीय तथा सुविधा सम्पन्न छन् । विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि विद्यालयमा छ । जेहेन्दार, आर्थिक रुपमा विपन्न तथा सिमान्तकृत परिवारका विद्यार्थीको लागि विद्यालयले छात्रवृत्ति उपलब्ध गराउदै आएको छ । सस्तो फि तिरेर विद्यार्थीले उत्कृष्ट शिक्षा प्राप्त गर्ने गन्तव्य बनेको छ, प्राक्सिस ।
यहाँ मन्टेश्वरी कक्षादेखि नै विद्यार्थीको इच्छा, चाहना र रुचीअनुसार अध्यापन गरिन्छ । पारिवारिक वातावरण रहेको यस विद्यालयमा अध्यापनका क्रममा प्रोजेक्ट वर्क, अडियो भिजुअल सामग्री, सामुहिक छलफल जस्ता गतिविधि संचालन हुने गरेका छन् । जसले विद्यार्थीलाई सिक्न थप उत्साह प्रदान गर्छ ।
प्राक्सिसमा विद्यार्थीका लागि सुविधा सम्पन्न लाइब्रेरी, कम्प्युटर ल्याब, साइन्स ल्याब छन् । समय–समयमा विद्यालयले भ्रमणको तालिका पनि समावेश गर्दै आइरहेको छ । विद्यार्थीकोे शारीरिक तथा मानसिक विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप पनि विद्यालयमा संचालन हुने गरेका छन् । स्वच्छ, सफा खान तथा खाजाका लागि विद्यालय परिसरमा क्याफे छ ।
विद्यार्थीको उज्ज्वल तथा सुनौलो भविष्य निर्माणका लागि विद्यालयले जस्तोसुकै बाधा तथा परिस्थितिलाई पनि सामना गर्ने प्रतिवद्धता जनाएको छ । यहाँका विद्यार्थीले एसएलसी परीक्षामा सामेल भएदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । विद्यार्थी उत्कृष्ट तथा प्रथम श्रेणीमा उत्र्तीण भएका छन् ।
विद्यालयको सफलतासंग शिक्षक र विद्यार्थी मात्र नभई अभिभावक पनि जोडिने र शिक्षक, विद्यार्थी र अभिभावक सबैको मेहनतले विद्यालय अहिलेको अवस्थामा आइपुगेको विद्यालयका संस्थापक तथा प्रिन्सिपल गेन्द्र लामा बताउँछन् । ‘गुणस्तरीय शिक्षा प्रदान गर्ने र विश्व विद्यालयस्तरका शैक्षिक कार्यक्रमहरु संचालन गरि उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने उद्देश्य प्राक्सिस समर्पित छ,’ उनले भने ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




