आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार दिने
तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
उपचारमा ठूलो धनराशि खर्च हुने किसिमका बिरामीलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले उपचार कोष नै स्थापना गरेर अघि बढ्न लागेको जनाएको छ । पछिल्लो समय क्यान्सरका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्थामा उनीहरूको उपचारमा सहज बनाउन गाउँपालिका सरकार, निजी क्षेत्र र आम जनसमुदायको सहकार्यमा उपचार कोष खडा गरिने अध्यक्ष चुमानले जानकारी दिए ।
उक्त कोषमा सहयोग गर्न चाहनेलाई गाउँपालिकाले हातेमालो गर्नसमेत अनुरोध गरेको छ । गाउँपालिकाले १५ शय्याको आधुनिक अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। गाउँपालिका कार्यालयले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको हो ।
बर्थिङ सेन्टरको क्षेत्रमा जिल्लामै उत्कृष्ट कार्य गर्दै आएको सो गाउँपालिकाले जनाएको छ। बर्थिङ सेन्टरलाई अझ प्रभावकारी बनाउन अल्ट्रासाउण्ड, इसिजी र एक्सरे मेसिन राखेर ‘डि’ ग्रेडको प्रयोगशालालाई ‘सी’ ग्रेड श्रेणीमा परिस्कृत गर्न लागेको गाउँपालिकाका अध्यक्ष चुमानले बताए।
गाउँपालिकाले व्यय व्यहोर्ने गरी ‘क’ श्रेणीका अस्पतालसँग सम्झौता गरी एमडिजिपी र एमबीएस गरेका विशेषज्ञ चिकित्सक ल्याउने लक्ष्य राखेको छ । छिमेकी जिल्ला गोरखा, देवघाट र तनहुँको आँबुखैरेनीलगायतका पालिकाका बासिन्दालाई समेत सहजरूपमा प्रभावकारी सेवा प्रवाह गर्ने योजना रहेको अध्यक्ष चुमानले जानकारी दिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




