लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेशसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । उक्त नीति तथा कार्यक्रम प्रदेशसभामा प्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रस्तुत गरेका हुुन् ।
प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाकाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामा सम्बोधनका क्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै लुम्बिनी प्रदेशको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरे ।
मुख्यमन्त्री केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरकफरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि सबैलाई अपिल गरे ।
उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिका क्षेत्रमा लगानीगर्ने जनाउँदै त्यसका लागि प्रदेश सरकार जिम्मेवार भएको बताए ।
उनले लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी विश्वविद्यालय, प्रदेशको राजधानीलगायतका गौरवका आयोजना र आम जनताको जीवनस्तर माथि उठाउनका लागिसमेत आगामी वर्षको बजेटमा समेट्ने तयारी भइरहेको बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




