जिसस खोटाङमा वाम-लोकतान्त्रिक गठबन्धन विजयी
काठमााडौं । खोटाङ जिल्ला समन्वय समिति खोटाङमा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समिति प्रमुखमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सनबहादुर राई र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का सुरेशकुमार तामाङ विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रमुखमा विजयी राई र उपप्रमुखमा विजयी तामाङले १६/१६ मत प्राप्त गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार बनेका किशोरकुमार श्रेष्ठले चार र उपप्रमुखका उम्मेदवार सन्तोष राईले चार मत मात्र प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिए ।
प्रमुख र उपप्रमुखसहित नौ सदस्यीय जिल्ला समन्वय समितिको सदस्यमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्विरोध विजयी भएका छन् ।
निर्विरोध निर्वाचित हुनेमा खुला सदस्यमा नेपाली कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ, महिला सदस्यमा कांग्रेसकै कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा ९एकीकृत समाजवादी०की दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली विश्वकर्मा विजयी भएकी हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले प्रमुख र उपप्रमुखबाहेक अन्य सात जना सदस्यको पदमा उम्मेदवारी दर्ता गराएको थिएन । एमालेसँग चार तथा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलको पक्षमा १६ मत रहेको थियो ।
विसं २०७४ मा भएको निर्वाचनमा एमाले एक्लैले पाँच स्थानीय तहसहित जिल्ला समन्वय समिति कब्जा गरेको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार १० स्थानीय तह रहेको खोटाङमा एमाले दुई पालिका प्रमुख, दुई उपप्रमुख तथा १९ वडाध्यक्षमा सीमित भएको छ ।
अघिल्लो निर्वाचनमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यसपटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको छ ।
यस वर्षको निर्वाचनमा सत्तारूढ चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (नेकपा एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति बेहोरेको हो ।
विसं २०७४ को निर्वाचमा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यसपटक छ प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ । कांग्रेसले हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिकामा प्रमुख तथा ऐसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको हो ।
अघिल्लो निर्वाचनमा एक प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक दुई प्रमुख, दुई उपप्रमुख र २३ वडाध्यक्ष जितेको छ । विसं २०७४ मा साकेला गाउँपालिका प्रमुख जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुंगा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको हो ।
भर्खरै स्थापना भएको नेकपा ९एकीकृत समाजवादी०ले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । चुनावी तालमेलमा सहभागी नेकपा (एकीकृत समाजवादी)ले सत्तारूढ चार दलीय गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको हो ।
जनता समाजवादी पार्टीले पनि एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ । कांग्रेसबाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच चुनावी तालमेल भएको केपिलासगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट जसपाले उपप्रमुख जितेको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




